- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पार्टी केन्द्रीय सदस्य गणेश भण्डारी र संगीतकार चेतन सापकोटा विरुद्धमाओवादी पार्टी कार्यलय पेरिसडाँडामा यौनकाण्ड सम्बन्धी निवेदन दर्ज भएको छ । यी सदस्यहरुले अर्काकी श्रीमतीलाई जबर्जस्ती गर्न खोजेको व्यहोराको उजुरी पार्टी केन्द्रीय कार्यलयमा दर्ज भएको बुझिएको छ ।
केन्द्रीय सदस्य विरुद्ध नै उजुरी परेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले घटनाको सत्यतथ्य बुझ्न विश्वभक्त दुलाल ‘आहुती’ र वलराम तिमिल्सिना सदस्य रहेको दुई सदस्यीय छानबिन समिति बनाइ काम अगाडि बढाउन निर्देशन दिएकाछन् ।
प्रचण्ड प्रधानमन्त्री निर्वाचन भए लगत्तै एक जना राप्रपाका केन्द्रीय सदस्यको घरमा पाहुना लाग्न गएका उनीहरु राती नसामा लट्ठिएर तिनै नेताका श्रीमती माथि जाइलागेपछी स्थिति नियन्त्रण बाहिर गएको देखिन्छ ।
यस विषयमा प्रतिक्रिया लिनका लागि संगितकार सापकोटा र गणेश भण्डारीलाई सम्र्पक गर्दा उनीहरु सम्र्पकमा आउन चाहेनन । सामाजिक सञ्जालमा पार्टीका केन्द्रीयस्तरका नेताहरु नै विरोधमा उत्रिएको देख्न पाइन्छ ।