Skip to content
LAXMI SUNRISE BANK

संसदीय समितिको निर्देशन मन्त्रालयद्वारा ठाडै अस्वीकार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न दिएको निर्देशन १० दिन बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनमा नल्याएर ठाडै अस्वीकार गरेको छ ।

कसको प्रभावमा गरियो निर्णय?
ओली सरकारले अन्तिम समयमा आपूर्ति मन्त्रालयको आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका श्रममन्त्री दिपक बोहोराको निर्देशनमा विनियमावली नभएको भन्दै भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको प्रभावमा बुलेट खरिद प्रक्रियामा रोक लगाइएको थियो । जब की समितिले बहुमत सांसदको अभिमतअनुसार साउन १८ गने मन्त्रालयलाई रोक्का गरिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न निर्देशन दिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK