- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – साताको चौथो दिन बुधवार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ महंगिएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बुधवार बढेको हो ।
आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलाको ५८ हजार ९ सय ५० रुपैयाँ र चाँदी ९ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
यो साता मंगलवारसम्म छापावाल सुन प्रतितोला ५८ हजार ९ सय, तेजावी सुन प्रतितोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो । अघिल्लो साता भने सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो ।