×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेलिकोप्टर दुघटनामा परेको परिवारको पीडा : २० हजारको उपचार गर्न डेढ लाख भाडा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हेलिकोप्टर दुघटनामा परेको परिवारको पीडा : २० हजारको उपचार गर्न डेढ लाख भाडा !

Artha Sarokar

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो । बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो ।
तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।
१५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो। केही दिनको उपचारपछि उनीहरु घर फर्किसकेका छन् ।
सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही २ की पासाङ साङ्मोलाई उपचार गर्ने हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो ।
एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्याइएकी पासाङ निशुल्क उपचार गरेर घर फर्किइन् । न्याकमा अहिले पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरु मर्ने बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

हेर्नुहोस हेलिकोप्टर दुर्घटनाका ५ एक्सक्लुसिभ तश्वीरहरु :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी