
काठमाडौं – उनी पटकपटक हाई गरिरहन्थे, कुनै बेला लामो हाई काट्थे त कुनै बेला छोटो । कुनै बेला दुवै खुट्टा सतर्क बनाउँथे त कुनै बेला उपरखुट्टी लगाउँथे २० साउन २०७१ का दिन ।
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डसहित अन्य मन्त्रीहरुको सपथ तथा पद बहालीको कार्यक्रममा यसो गर्ने व्यक्ति थिए फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ।
अहिलेसम्म ११ पटक मन्त्री कनेर अकुत सम्पत्ति आर्जन गर्न अति नै सफल गच्छदार माओवादी शान्ति प्रक्रियामा आएको ०६३ सालयता मात्रै चारपटक मन्त्री बनिसकेका छन् ।
२०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उनी भौतिक योजना तथा निर्माणमन्त्री, २०६६ सालमा माधवबुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री, २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात जस्तो माल कमाउने मन्त्रालयको मन्त्री बन्न सफल भइसकेका छन् ।
कुर्सी बिना बाँच्नै नसक्ने लतले ग्रस्त कुर्सीकै लागि उपेन्द्र यादव नेतृत्वको फोरमलाई फुटाउन समेत पछि नहटेका गच्छदार यसपटक भने कुसर््िमा पुग्न धेरै पापड बेल्नुपर्ने अवस्था आएको छ ।
उनी कुर्सीमा पुग्न आफूले सक्ने जति सबै कोसिस गरिरहेका छन भने रोईकराई गर्न समेत पछि परेका छैनन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्