
- अर्थ सरोकार सम्बाददाता
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले लेखेको समाचार हो यो । तर समाचारमा गलत कुरा लेखिएको छ । कार्यक्रम कसको हो भन्ने समेत जानकारी नराखी राससका सम्बाददाताले मनलाग्दी लेखेका छन् । हेरौं कहाँ कहाँ गलत छ यो समाचार :
- नेपालमा नेपाल चार्टड एकाउन्टेन्ट्स एसोसिएसन भन्ने कुनै पनि संस्था छैन ।
- समाचारमा एकाउन्टेन्ट्स पनि असुद्ध लेखिएको छ ।
- समाचारमा लेखिएको जस्तो महेश खनालको संयोजकत्वमा नयाँ कार्य समिति चयन भएको होइन ।
- कावा माहालेखा परीक्षक हुनुपर्ने ठाउँमा महालेखा नियन्त्रक भएको छ ।
खास के हो त तथ्य ?
साउन सात गते नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का नयाँ अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले पद तथा गोपनियताको सपथ लिएका थिए ।
सामाजिक संजालमा प्रतिक्रिया : पत्रुकारको बिगबिगी
राष्ट्रिय समाचार समितिले तयार गरेको यो समाचार आज विभिन्न पत्रपत्रिकामा छापिएपछि विभिन्न सिएहरुले यसको सामाजिक संजालमा विरोध गरेका छन् । केहि सिएहरुले राससको यो समाचारलाइ नबुझी गरिने सरकारी संचार माध्यमको गलत अभ्यास भनेका छन् भने कतिले ‘पत्रुकार’ को बिबिगी भन्दै यो समाचारलाइ सामाजिक संजालमा धेयर गरेका छन् ।

