×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयले अझै मागेन माफी, जनतालाई यसरी अझै झुक्याउँदैछ (फलोअप नम्बर. १)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयले अझै मागेन माफी, जनतालाई यसरी अझै झुक्याउँदैछ (फलोअप नम्बर. १)

Artha Sarokar

२४ असार २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

जो चोर उसैको ठुलो स्वर भनेझैं हिमालय टेलिभिजनले आफ्नो लाचारी मात्र प्रस्तुत गरेको छैन, आफ्नो गल्ती ढाकछोप गर्न  भए नभएका उखान र कथा मिसाएर ‘प्राइम स्टोरी’ बनाउन पछी पर्दैन ।  केहि बर्ष अगाडी समाचार बनाइदिने भन्दै घुस मागेको घटना बाहिरिएपछी निकै विवादमा परेको हिमालय टेलिभिजनले बिस्तारै आफ्नो औकात देखाईरहेको छ । एउटा फुटेजसम्म खिच्न नसकेर अरुको फुटेज युट्युबबाट चोरी गरी कार्यक्रम बनाउने यो चोर टिभी ‘फलोअप’ न्यूजका नाममा अरुलाई जथाभावी भनेर गलत सुचना दिंदै जनतालाइ फेरी भ्रम छर्ने प्रयास गरेको छ ।

समाजमा भएका विकृतिलाई दर्शकमाझ पुर्याउने दावी गर्ने टेलिभिजनले आफैं भने केहि समय अगाडी अरुको सम्पत्तिमाथि हमला गरेको थियो । सरकारले यो गरेन र त्यो गरेन भनेर कहिले नथाक्ने टिभीले आफु भने एउटा फुटेज खिच्न नसकेर अरुको सम्पत्ति माथि केहि समय अगाडी धावा बोलेको थियो । टेलिभिजनले अझैसम्म पनि आफ्नो उक्त गल्ती सकेसम्म ढाकछोप गरेको छ भने अझैसम्म सामान्य नैतिकताका आधारमा फुटेजको सक्कली मालिकसँग समेत माफी मागेको छैन ।  काठमाडौँबाट प्रशारण हुने टेलिभिजन हिमालय टेलिभिजनले सिए सरोकार नामक टेलिभिजन कार्यक्रमको सम्पत्ति चोरेको वितण्डा मचाएको थियो ।

टेलिभिजनले प्रशारण गरेको कार्यक्रम प्राइम स्टोरीमा सिए सरोकार टेलिभिजन कार्यक्रमका फुटेजहरु कार्यक्रम निर्माण कम्पनीको अनुमति बिना चोरेर प्रयोग गरेको भन्दै कार्यक्रम निर्माता अदालत जाने जानकारी अर्थ सरोकारले प्रकाशन गरेपछि टेलिभिजनले उक्त कार्यक्रम युट्युबबाट हटाएको थियो ।

सिए सरोकार टेलिभिजन कार्यक्रमका तर्फबाट कार्यक्रम निर्माता सुरज प्याकुरेलले उक्त गल्ती सच्याउन टेलिभिजनलाइ जानकारी दिएपछी हिमालय टेलिभिजनले उक्त भिडियो युट्युबबाट त हटायोतर गलत जानकारी दिन भने छोडेन ।

के दियो पछिल्लो गलत जानकारी ? :
टेलिभिजनले पछिल्लो समय प्रशारण गरेको अर्को एक कार्यक्रममा सक्कली सिए अध्यापन गराउने संस्था भन्दै बन्द भइसकेका र हुँदै नभएका संस्थाहरुको नाम लिएको छ । बन्द भैसकेका सिए इस्न्तिच्युटहरुको नाम लिएर टेलिभिजनले जनता झुक्क्याउने काम गरेको छ ।  टेलिभिजनले आइक्यानबाट सम्बन्धन लिएका संस्था भन्दै एसबिबिआर प्रालि, हेराल्ड कलेज लगायतकाको नाम लिएको छ जवकी यी संस्था वन्द भैसकेका छन् भने आइक्यानमा सम्बन्धन नवीकरण समेत गरेका छैनन् । सम्बन्धन नवीकरण नगरेको खण्डमा सम्बन्धन लिएका भनी प्रचार गर्न नपाइने आइक्यानले केहि समय अघि गरेको पत्रकार सम्मेलनमा स्पष्ट पारिसकेको थियो ।


कहाँ पुग्यो उजुरीको कुरा ?
यस अघि सिए सरोकार टेलिभिजन कार्यक्रमका निर्माता १० लाख क्षतिपूर्तिको मागसहित आफ्नो फुटेज चोरी भएको भन्दै प्रहरीमा जाने भनेको थियो।  ‘हामीले एक पटकलाइ छोडीदिउं भनेर चुप लागेर बस्यौं।  तर टेलिभिजनले पटक पटक हाम्रो अनलाइन र कार्यक्रमबारे मनलाग्दी बोल्यो।  निहुँ नै खोज्ने भएपछी किन चुप लाग्ने ? समय मिलाएर प्रहरी र प्रेस काउन्सिल जान्छु।  पहिला पनि ‘बार्गेनिङ काण्डमा फसिसकेकाले मलाइ हिमालय विरुद्द जान धेरैको नैतिक साथ पनि छ। ‘ कार्यक्रम निर्माता सुरज प्याकुरेलले भने ।  
   

पहिला यसरि भएको थियो फुटेज चोरी : 
कुल ११ मिनेट २० सेकेन्डको कार्यक्रममा अधिकांस फुटेज सिए सरोकार टेलिभिजन कार्यक्रमको चोरी गरिएको छ । सिए सरोकार टेलिभिजन कार्यक्रमका  १५८, १५६, १२०, १२६ भाग लगायतका भिडियोहरु युट्युबबाट बिना अनुमति साभार गरी टेलिभिजनले दुरुपयोग गरेको छ । बिगत तीन वर्षदेखि सिए क्षेत्रका समाचारहरु सम्प्रेषण गर्दै आएको सिए सरोकार टेलिभिजन कार्यक्रम हाल न्युज २४ टेलिभिजनमा प्रशारण भइरहेको छ ।   
कार्यक्रमको ५० % भन्दा बढी ठाउँमा सिए सरोकारबाट चोरीएको फुटेजको प्रयोग भएको छ ।  हेरौं सिए सरोकार टेलिभिजन कार्यक्रमबाट चोरिएका केहि फुटेजहरुका स्क्रिनशट  :   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी