- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा असार २५ गते शुक्रबार आफ्नै रजिष्टर्ड कार्यालय, सानोर्भयाङ, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्नुको साथै आगामी आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । यसैगरी सभामा आय व्यय विवरण वासलात, हिसाव नगदमाथि छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ ।