×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरद्वारा विद्युतीय सवारी करमा शत प्रतिशत छुट दिने घोषणा

PRIME CA

काठमाडौं महानगरद्वारा विद्युतीय सवारी करमा शत प्रतिशत छुट दिने घोषणा

अर्थ सरोकार

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने बताएका हुन् ।
साथै नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गरिनेछ । सहरी आवागमनमा भौतिक दुरी कायम गरी महामारी जस्ता विपद्लाई सामना गर्न नागरिक आचारसंहिता तयार गरी लागु गर्ने नीति लिईने पनि उनले बताए।
यस्तै माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन निर्माण गरिने छ भने थापाथलीदेखि बाँसबारीसम्मको सडकमा सवारी साधन लेन, बस ले–बाई, साईकल लेन तथा फुटपाथ व्यवस्थित गर्ने कार्य सुरु गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्रका मुख्य चोकहरूमा आधुनिक ट्राफिट लाइट जडानका लागि सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यलाई निरन्तरता दिइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: