×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी ईक्विटी फण्डमा हालसम्म ४९ हजार ५५० जनाले ५३ प्रतिशत इकाईका लागि दिए आवेदन

PRIME CA

कुमारी ईक्विटी फण्डमा हालसम्म ४९ हजार ५५० जनाले ५३ प्रतिशत इकाईका लागि दिए आवेदन

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिए। 
क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: