×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा पनि बिहिबार, यी हुन् सभामा पेस गरिने एजेन्डा

PRIME CA

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा पनि बिहिबार, यी हुन् सभामा पेस गरिने एजेन्डा

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा पनि बिहिबार बस्दैछ । कम्पनीको सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङजामा बिहान ११.३० बजे सुरु हुने भएको हो । सभामा कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतक प्रस्ताव पनि पेश हुनेछ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: