- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से २३.७६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस बैंकको २१ करोड १८ लाखमाथिको सेयर कारोबार भएको छ ।
त्यसपछि क्रमश: हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक, निफ्रा, अपर तामाकोशी, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र मन्जुश्री फाइनान्सको कारोबार भएको छ ।
यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।