- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको २१ करोड १८ लाखमाथिको सेयर कारोबार भएको छ । आज २ समुहबाहेक सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।