×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सद्वारा सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ इन्स्योरेन्सद्वारा सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन सुरु

Artha Sarokar

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन थालेको छ ।  आज बिहीबारदेखि जेठ १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा बैंकले नगद जम्मा गरिदिन थालेको हो । 
बैंकले बैंक खातामा जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार शुल्क लागेमा सो शुल्क सेयरधनी आफैले ब्यहोर्नुपर्ने जनाएको छ । यता कम्पनीले आव २०७४/७५ को नाफाबाट वितरण गरिएको बोनस सेयरको कर बापतको रकम जम्मा गर्न बाँकी रहेका सेयरधनीको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरिएको र अपुग हुनेको हकमा भने कट्टी नगरिएको जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी