- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको डिम्याट खातामा ९.१९% बोनस सेयर जम्मा गर्न थालेको छ । कम्पनीले गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएकाको खातामा बोनस सेयर जम्मा गरेको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस पठाउने कम्पनीले जनाएको छ ।