- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामाजिक सुरक्षा कोषविरुद्ध बैंकर्स क्लब धनगढी पनि आन्दोलनमा उत्रिएको छ । आज बुधबार एक कार्यक्रम आयोजना गरी बैंकर्स क्लब धनगढीमाआवद्द कर्मचारीहरु सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिएको हुन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफुहरुको असहमति किन भन्ने प्रश्नको जवाफसहितको ब्यानर राखेर क्लबले आज आन्दोलनको कार्यक्रम गरेको हो । बैंकर्स क्लब धनगढीका अध्यक्ष प्रमुख धर्म बिष्टले अनुसार अगाडी सारेका १५ बुंदे मागको सम्बोधन नभएसम्म सामाजिक सुरक्षा कोषमा सामेल हुन नसकिने र अन्तिमसम्म कानुनी लडाई लडिरहने बताए । अहिले कोषविरुद्ध बैंक वित्त तथा बीमा कम्पनीहरुका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।