×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सव सम्पन्न, वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

PRIME CA

नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सव सम्पन्न, वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०७८मा बैंकको २८औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।
वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा.आशिष ढुंगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: