- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी भएको छ । यस कम्पनीको ३५ करोड ८७ लाखमाथिको सेयर कारोबार भएको छ । आज ५ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै राष्ट्रिय कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।