×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको बिहारमा आठ वटा चिनियाँ ड्रोन बरामद, तीन जना पक्राउ

PRIME CA

भारतको बिहारमा आठ वटा चिनियाँ ड्रोन बरामद, तीन जना पक्राउ

१९ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

भारत । नेपालसँग सीमा जोडिएको भारतको बिहारमा आठवटा चिनियाँ ड्रोन बरामद गरिएको छ । बिहारको पूर्वी चम्पारणमा ड्रोनसहित तीनजनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका छन् ।भारतको सशस्त्र सीमा बलले शनिवार एउटा सेतो कार रोकेको अनि त्यसमा बेग्लाबेग्लै बाकसमा आठवटा ड्रोन क्यामरा पाइएको सई दयानन्द कुशवाहाले बताए ।
‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन् । हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौं,’ कुशवाहाले बताए । पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन् । कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीनैजनालाई थुनामा पठाइएको बताए ।
ड्रोन क्यामरा विवाहको शूटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए । तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएको सन्दर्भमा यो घटना सार्वजनिक भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: