×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति दुग्ध उद्योगसहित चार दुग्ध उद्योगमाथि कारबाही, ४५ हजार राजस्व सङ्कलन

PRIME CA
GLOBAL IME BANK

पशुपति दुग्ध उद्योगसहित चार दुग्ध उद्योगमाथि कारबाही, ४५ हजार राजस्व सङ्कलन

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

धादिङ । धादिङ जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलनसमेत भएको छ ।
अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार, एन के दुग्ध उद्योगलाई रु १५ महांकाल दुग्ध उद्योगलाई रु १० हजार र खनाल दुग्ध उद्योगलाई रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: