- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै राधी जलविद्युत कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ४९ करोड ८३ लाख २५ हजार ९ सय ५० रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेशनल हाईड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, लुम्बिनी विकास बैक, एनआईसी एशिया बैंक, निफ्रा र नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।