- अर्थसरोकार संम्वाददाता
देशमा पछिल्लो अर्थतन्त्रको अवस्था समेटेर श्वेतपत्र ल्याईने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी दिएका हुन् ।
अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले छिट्टै श्वेत पत्र ल्याउने घोषणा गरेका छन् । उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिए । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ ।