×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता (भिडियो रिपोर्ट)

PRIME CA

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता (भिडियो रिपोर्ट)

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 
स्मार्ट सडक बत्ति जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
सडक बत्तिलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ति बाले वापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ । प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको बताउनुभयो । उहाँले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडक बत्ति जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: