×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधि सभा विघटन हुनुमा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरुको पनि दोष भएको काङ्ग्रेस नेताको दाबी

PRIME CA

प्रतिनिधि सभा विघटन हुनुमा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरुको पनि दोष भएको काङ्ग्रेस नेताको दाबी

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली भूमि एक इन्च पनि मिचिए सैह्य नहुने बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् । ‘अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् ।
ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ, नेता साउदले भने । उनले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे । ‘म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरुले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नु भएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,’ नेता साउदले भने । उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भन्दै आपत्तिसमेत जनाए । ‘भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो ।
भारतसँग सीम विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरु आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्‍न हुनुभयो,’ नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, ‘चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।’ प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । ‘नेपाली कांग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ ।
सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,’ नेता साउदले भने । उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । ‘यो सरकारले गरेको काम एक व्यक्ति केपी ओलीले मात्रै गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भmलनाथ खनाल पनि, वामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुबैले लिनुपर्छ,’ नेता साउदले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: