- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि ५० को खुद सम्पति मूल्य (न्याभ) बढेको छ । जेठ मसान्तमा आइपुग्दा प्रतिइकाई १ रुपैयाँ ९२ पैसाले बढेर १९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सेयरमा लगानी २८.१७% ले बढेर १ अर्ब ६६ करोड ७३ लाख १ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंक मौज्दात भने ११ करोड ९५ लाख रुपैयाँले घटेर ३५ करोड ३४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकको सेयरमा गरेको छ । बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ८ करोड ४६ लाख ६८ हजार रुपैयाँ लगानी रहेको छ ।