Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता, बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सिद्धार्थ बैंक र काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्री तथा बजार व्यवस्थापनका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK