×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको प्राविधिक कारण आईपीओ निष्कासन मिति सर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्त वित्तीय संस्थाको प्राविधिक कारण आईपीओ निष्कासन मिति सर्यो

Artha Sarokar

२३ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन मिति सरेको छ । कम्पनीले ४ करोड रुपियाँ बराबरको आईपीओ माघ २८ गतेदेखि निष्कासन खुला गर्ने भनेकोमा उक्त मिति सरेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै अनुरोध गरेपछि मिति सारेको कम्पनीले जनाएको छ ।
उक्त आईपीओ अब माघ ३० गतेदेखि निष्कासन खुला हुने भएको छ । कम्पनीको आईपीओमा छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपियाँ तोकेको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने भएको छ ।
संस्थाले जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रकम बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार कित्ता कर्मचारीहरुको लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधरणको लागि छुट्याएको छ । उक्त आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी