- अर्थ सरोकार सम्बाददाता
विराटनगर । आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजश्व कार्यालय विराटनगरले कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयले सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य थियो ।
आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्