×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो सूर्य चुरोटको मूल्य, अब प्रतिबट्टा कति पर्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ह्वात्तै बढ्यो सूर्य चुरोटको मूल्य, अब प्रतिबट्टा कति पर्छ ?

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्य चुरोटको मूल्य बढेको छ । सूर्य नेपाल प्रालिले एक सूचना जारी गर्दै आज आइतबारदेखि मूल्य बढाएको छ । कम्पनीले सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स, सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको बट्टामा १५ रुपैयाँले बढाएको हो ।
यसअघि उत्पादित विभिन्न प्रकारको चुरोटको मूल्य प्रति बट्टा २ सय ८० रुपैयाँ थियो । अब सो बट्टाको २ सय ९५ रुपैयाँ पुगेको छ । कम्पनीले सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स,सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको थोक बिक्रेता मूल्य १३ हजार ३ सय ८०, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय ७ र खुदा्रा विक्रेता मूल्य १३ हजार ७ सय ४४ रुपैयाँ तोकेको छ ।
यस्तै कम्पनीले सूर्य लेजेन्डको मूल्य ३ सय रुपैयाँ तोकेको छ । उक्त चुरोटको थोक विक्रेता मूल्य १३ हजार ३ सय ७१ रुपैयाँ, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय २० र खुद्रा विक्रेता मूल्य १३ हजार ७ सय ६१ रुपैयाँ तोकिएको छ । साथै खुकरी फिल्टर र खुकुरी मेन्थोलको पनि प्रति बट्टा मूल्य ४ रुपैयाँले बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी