बागलुङ । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिनुभयो । ‘गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्न भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई थप व्यवस्थित बनाउन लागि परेको छु ।’
कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका पाँच हजार १४१ कार जीपबाट २७ लाख ६३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट २३ लाख नौँ हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका एक हजार ३६९ ट्याक्टरबाट सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट सात लाख १३ हजार ५००, ४ सय ५३ बसबाट दुई लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५०० र अन्य नौँ वटा साधानबाट छ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा दुई लाख ८३ हजार, भदौमा तीन लाख २२ हजार ५००, असोजमा ६ लाख तीन हजार ५००, कात्तिकमा ६ लाख एक हजार ५००, मङ्सिरमा ६ लाख ६७ हजार ५००, पुसमा सात लाख दुई हजार ५००, माघमा सात लाख २३ हजार ५००, फागुनमा रु सात लाख ४८ हजार ५००, चैतमा सात लाख ५१ हजार, वैशाखमा पाँच लाख ५४ हजार, जेठमा तीन लाख १० हजार ५०० र असारमा पाँच लाख पाँच हजार ५०० राजश्व सङ्कलन भएका छन् । ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्