×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकद्धारा सार्वजनिक यातायात क्यूआर कोडको सुरुवात, भरत राज ढकालले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL

मुक्तिनाथ विकास बैंकद्धारा सार्वजनिक यातायात क्यूआर कोडको सुरुवात, भरत राज ढकालले गरे उद्घाटन

२० माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदैँ नेपालको यातायात क्षेत्रमा पनि क्युआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाडौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि.सँग बैंकले सम्झौता गरी क्यूआर कोड मार्फत भुक्तानी लिने कार्य सुचारु गरेको हो । उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालल गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहकवर्गहरुको उपस्थिती रहेको थियो ।
नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्ने भएका छन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने,नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ , खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी