Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा बिकास बैंकले ल्यायो कन्टयाक्टलेस भिसा डेविट कार्ड

अर्थ सरोकार

#
  • अर्थ सरोकार संबाददाता
काठमाडौं। कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्म्युनिकेसनमा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात् ट्याप सुविधा भएको पोस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पोस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैया सम्म बिना पिन कारोबार गर्न सकिन्छ ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस  बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सिआस्बा, सोसिअल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK