Skip to content
LAXMI SUNRISE BANK

नेपालटारमा आगलागी हुँदा एक घर जलेर नष्ट, ४४ लाखभन्दा बढीको क्षति

अर्थ सरोकार

इलाम नगरपालिका–१ नेपालटारमा मङ्गलबार साँझ आगलागी हुँदा  एक घर जलेर नष्ट भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा ४४ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो । आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ । देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटेको जनाइएको छ ।-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK