×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्धारा नयाँ सेवाको सुरुवात, कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकद्धारा नयाँ सेवाको सुरुवात, कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सकिने

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । बैंकले कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने गरी नयाँ सेवाको सुरुवात गरेको हो । बैंकको यो सेवा अन्तर्गत ग्राहकहरुले मोबाइल बैंकिङको प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएस मार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । ग्राहकहरुले ओटीपी कोड भने गोप्य र सुरक्षित राख्नुपर्नेछ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएम मार्फत लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी