काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चुनिएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाले उनलीलाई अध्यक्षमा चुनेको हो । स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष अग्रवाल अध्यक्ष भएका हुन् ।
मोरङ अटो वर्कका प्रवन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् । बुधवार भएको परिसंघको १८औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवा, अर्थमन्त्री शर्मासमेत उपस्थिति रहेको थियो । सो कार्यक्रममा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताएका थिए ।