Skip to content
LAXMI SUNRISE BANK

सिमकोट गाउँपालिकाद्धारा विभिन्न स्वास्थ्य संस्थालाई ९ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग

अर्थ सरोकार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनुभयो । आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK