Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंक र वीच्याट-पेबीच सम्झौता, क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट-पे’सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि वीच्याट-पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।
चीनमा निकै लोकप्रिय रहेको वीच्याट-पेमार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट-पेमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK