झापा । स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका- २ बेलाईतिवारीबाट स्थानीय ५० को गौरी मण्डललाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।