Skip to content
LAXMI SUNRISE BANK

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालेद्वारा सेयरधनीको डिम्याट खातामा १४ प्रतिशत बोनस सेयर जम्मा, नपाउनेले के गर्ने ?

अर्थ सरोकार

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको डिम्याट खातामा १४% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले हालसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
कम्पनीको असार २१ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस सेयर र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK