×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटक प्रभु बैंकले कमायो एक अर्ब नाफा ! यसरी भयो चमत्कारिक सुधार

GLOBAL IME BANK

पहिलोपटक प्रभु बैंकले कमायो एक अर्ब नाफा ! यसरी भयो चमत्कारिक सुधार

२४ श्रावण २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नपाली  बैंकिंङ क्षेत्रमा समस्यामा परेका संस्थाहरुलाई मर्ज गरेर  ठूलो बाणिज्य बैंक बनेको प्रभु बैंक लिमिटेडले गत आर्थिक बर्षमा चमत्कारिक सुधार गरेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३ करोड खुद नाफा गरी निस्क्रिय कर्जालाई २४.१८ बाट ७.३९ मा झारेर चमत्कार गरेको हो ।

बैंकको निक्षेप १९ अर्बबाट ४२ अर्बमा उक्लिएको छ भने कर्जा १३ अर्बबाट २९ अर्ब नाघेको छ भने जगेडा कोष अघिल्लो आर्थिक बर्षमा ८१ करोड ५८ लाखले ऋणात्मक रहेकोमा गत आर्थिक बर्षको अन्त्यमा ४७ करोड ६९ लाखले धनात्मक बनाएको छ ।

 बैंकले एक अर्ब ८२ करोड रुपैयाँ डुबेको ऋण उठाएको छ भने ६८ करोड प्रोभिजन गरेको छ भने बैंकको पूँजी कोष ११.२० ले सकारात्मक रहेको छ । बैंकले गत बर्षको चौथो त्रैमासमा ब्याज आम्दानी र संचालन मुनाफा बढाए पनि मुख्य रुपमा डुबेको ऋण उठाएर बैंकले प्रगति गरेको देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: