
जेनेरेटरको धुँवाले निसासिएर शनिबार इलामको श्रीअन्तुमा तीनको ज्यान गएको छ । पत्नीको किरिया बसेका पति श्रीअन्तु–६ का ४५ वर्षीय लोमन तामाङसहित तीनको ज्यान गएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
पत्नी ज्योतिमाया तामाङको किरिया बसेका पति लोमनसहित छिमेकी १५ वर्षीय नितेश मगर र पशुपतिनगरका ६० वर्षीय फुर्वा तामाङको ज्यान गएको हो । उनीहरु तीनैजना शनिबार बिहान घरको कोठामा बेहोस अवस्थामा छोरा दिपेनले फेला पारेपछि स्थानीयले उपचारका लागि फिक्कल अस्पताल पुर्याएका थिए । अस्पताल पुग्नासाथ डाक्टरले उनीहरुलाई मृत घोषित गरेको मृतक लोमनका छोरा दिपेनलाई उदृत गर्दै श्रीअन्तुका सामाजिक परिचालक लिलानाथ बाँस्तोलाले जानकारी दिए ।
‘१४ दिनअघि मृत्यु भएकी ज्योतिमायाको सुध्याईं कार्य आईतबारलाई तय गरिएको थियो । साँझमा बत्ती बाल्न जेनेरेटरको व्यवस्थासमेत थियो,’ दिपेनलाई उदृत गर्दै छिमेकी समेत रहेका सामाजिक परिचालक बाँस्तोला भन्छन्, ‘बिहानै सरसामान खरिदका लागि छोरा दिपेनले बाबुलाई पैसा माग्न बोलाउँदा कोठाका कोही नबोलेपछि ढोका खोलेर हेर्दा ढुकढुकीमात्र रहेछ ।’
साँघुरो र हावा नछिर्ने कोठामा उनीहरु तीनैजना सुतेका थिए । जेनेरेटरसमेत त्यसै कोठामा राखिएको थियो । जेनेरेटरबाट ग्यास लिग भएर बाफिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको इन्स्पेक्टर पदम जानकारी दिए । मृतक लोमनका २ छोरी र २ छोरा रहेका छन् । घटनापछि अहिले सिङ्गो तामाङ परिवार र श्रीअन्तु शोकमग्न बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्