Skip to content
LAXMI SUNRISE BANK

त्रिचन्द्र अध्ययनरत छात्रामाथि कपनमा एसिड प्रहार

अर्थ सरोकार

भारतीय टेलिफिल्मबाट सिकेर गत फागुनमा जीवन विकले वसन्तपुरमा पूर्वप्रेमिकामाथि एसिड आक्रमण गरे । सोही घटनाको सिको गर्दै राजधानीमा अर्को एसिड काण्ड भएको छ । तर, घटना निकै रहस्यमय भएको प्रहरीले बताएका छन् । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा अनिता कार्की गत मंगलबार एसिड प्रहारबाट घाइते भएकी छन् । उनको ओठमुनिको भागमा गम्भीर घाउ लागेको छ । पीडित छात्रा कार्कीले आफूमाथि अपरिचित तीन–चारजना व्यक्तिले एसिड हानेको र उनीहरु भागेको बताएकी छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

एसिडले उनको ओठमुनि र बायाँतर्फको गालामा घाउ भएको छ । कपनको ज्योतिनगरस्थित घर फर्कने क्रममा एकान्तस्थलमा आफूमाथि एसिडले आक्रमण भएको कार्कीले बताएकी छन् । घाइते अवस्थामा दौडँदै उनी घर पुगेकी थिइन् । परिवारले उपचारका लागि उनलाई अस्पताल पुर्याएका हुन् ।

घरबाट करिब तीनसय मिटरको दूरीमा रहेको साथीको कोठाबाट फर्कने क्रममा उनीमाथि एसिड आक्रमण भएको थियो । आक्रमणअघि उनले साथीहरुसँग गत माघमा वसन्तपुरमा भएको एसिडकाण्डबारे पनि कुरा गरेको अनुसन्धानमा खुलेको छ । एसिडबाट घाइते भएका संगीता थापा र सीमा वस्नेतका बारेमा उनले साथीलाई सोधेकी थिइन् । साथै एसिड किन्न पाइने ठाउँको बारेमा पनि कुरा भएको प्रहरीले जनाएको छ । त्यही कारण घटना रहस्यमय भएको हो । उनी अनुहारमा घाउ भएकाले पहिलेदेखि नै मास्क लगाएर हिँड्ने गरको प्रहरीले जनाएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK