
सिए सरोकारका दिल्ली ब्युरो प्रमुख समेत रहेका पत्रकार ऋषि राम अधिकारी सम्मानित भएका छन्। नयाँदिल्ली स्थित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो। विशेषगरी दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेकोमा उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संगठन मध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले सम्मान गरेको हो।
हातेमालोले प्रदान गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्शाहन मिलेको अधिकारी बताउँछन्। सिए सम्बन्धि ३ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो पहिलो सम्मान हो।
ऋषि राम अधिकारीले हातेमालो नेपाली विद्यार्थी समुहको ५ औं साधारण सभाको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए। त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन्। पत्रकारिताको ३ बर्षे अनुभव बटुलीसकेका अधिकारी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्