
वेश्यावृत्ति र यौनकर्मका लागि कानूनी मान्यता पाएको चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर इलाकामा एउटा अनौठो वेश्यालय छ, जसले आफ्नो अनौठो पहिचानले विश्वभर ख्याती कमाएको छ । यो वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरुले ग्राहकलाई सित्तैमा यौनक्रिडाको सेवा प्रदान गर्छन् ।
यहाँका यौनकर्मी महिलाहरुसँग बिना पैसा सेक्स गर्न पाइन्छ तर त्यसका लागि एक अनौठो सम्झौता गर्नुपर्छ । त्यहाँ महिलाहरुको साथ सित्तैमा सेक्स गरेबापत ग्राहक हरुको सेक्स भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा राखिन्छ ।
तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ किनकी जुन ग्राहक तथा यौनकर्मीहरुका सेक्स भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा बेच्छ । त्यसबाटै आम्दानी बेश्यालयले गर्छ । बिग सिस्टरको स्थापना २००४ मा भएको हो ।