
हिजोदेखि अचनाक यो तश्वीर भाइरल बन्यो सामाजिक सन्जालमा । आन्तरिक राजस्व विभागको नाममा म्याद थप नहुने बारे व्यहोराको चिठी भनिएको उक्त तश्वीर ‘फेक’ भएको बताएइको छ ।
यसबारे अर्थ सरोकार डटकमले बुझ्दा कतिपय अधिकृतले अनविज्ञता प्रकट गरेका छन् । सामाजिक सन्जालमा भाइरल भएको यो तस्वीरमा कसैको हस्ताक्षर नहुनु, चलानी नम्बर नलेखिनु, पत्र संख्या गलत ढंगको हुनु र आय व्यय विवरण बुझाउने अन्तिम मिति पुष ३० सम्मा हुनुपर्नेमा पुष २५ लेखिनु जस्ता कारणहरुले पनि उक्त तश्वीर ‘फेक’ हो भन्ने प्रष्ट हुन्छ। अर्कातिर उक्त ‘फेक’चिठीमा आन्तरिक राजस्वको इमेल [email protected] लेखिएको छ जुन इमेल आइडी अन्त शुल्क विभागले चलाउँछ । नेपाल सरकारमुनि अंग्रेजी अक्षर हुनुले पनि यो चिठी ‘फेक’ नै हो भन्ने प्रष्ट हुन्छ।
यो ‘फेक’ चिठीलाई कतिपय करका बिज्ञहरुलेनै सामाजिक सन्जालमा पोष्ट गरेका छन् । लामो समयदेखिको नाकाबन्दीको कारण देखाउंदै आन्तरिक राजस्व विभागले विभिन्न खाले कर बुझाउने समयसीमा थप्दै आएको थियो। पुष २५ नजिकिदै गर्दा सामाजिक सन्जालमा ‘भाइरल’ भाइरल भएको यो तश्वीरले धेरैलाई भ्रममा पारेको छ। विधुतीय कारोबार एन हेर्ने हो भने यस्तो खालको क्रियाकलाप साइबर अपराध हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्