×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीमाथि झुम्मिने महिला भन्छिन्, ‘राईसँग बिहे गर्नेबाहेक अरु उपाय छैन, मलाइ पैसा होइन माया चाहियो ! ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मन्त्रीमाथि झुम्मिने महिला भन्छिन्, ‘राईसँग बिहे गर्नेबाहेक अरु उपाय छैन, मलाइ पैसा होइन माया चाहियो ! ’

२९ असार २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–प्रधानमन्त्री कार्यालयभित्रै मोनिका लेविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठूलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन् ।
गुटले काँक्रोझैं चिरिएको एमालेभित्रै एउटै गुटभित्र पनि एकले अर्कालाई सिध्याउन कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ भएको छ ।
प्रधानमन्त्री कार्यालयमा स्वकीय अधिकृतको नियुक्ति पाएकी एकजना क्षत्रीकी छोरीलाई प्रयोग गरेर अविवाहित संचारमन्त्री शेरधन राईले ‘सिध्याउने’ योजनमा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि बिग्रिएको छ ।

प्रतिमा –नाम परिवर्तन) युवा संघसँग सम्बन्धित थिइन् । इमान्दार र अनावश्यक तडकभडकमा कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने ।
आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाई छ ।
बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएको, तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसँगै विवाह गर्नुबाहेक अर्को उपाय नभएको युवतीको ठहर छ ।
उनले शेरधनलाई यही आशयको एसएमएस पनि लेखिन् । तर, शेरधन त्यतिबेला छाँगाबाट खसेझैं भए, जब चिन्दै नचिनेको मान्छेले आफूसँग यस्ता कुरा गर्दै लगातार म्यासेज लेख्छ ।
शेरधन आफैं युवा संघका इन्जार्च पनि हुन् । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो, उनी फलानी हुन् भन्ने कुरा । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: