
काभ्रे – काभ्रेको भकुन्डेबेसी । सदरमुकाम धुलीखेलबाट झन्डै एक घन्टाको गाडीको बाटो । डाँडाहरुमा बस्न असहज हुन थालेसँगै वरपरका स्थानीयहरु बेसी झर्न थालेपछि भकुन्डेबेसीमा जग्गाको भाउ अचाक्ली बढ्न थालेको छ । केहि बर्ष अघि रोपनीको ३ लाख रुपैयाँमा पाइने जग्गा अहिले आनाकोनै ३ लाख पर्न थालेको छ । भकुन्डेबेसीमा अहिले बाटो हेरेर जगाको मूल्य आनाको १ लाख देखि ३ लाख रुपैयाँसम्म छ । खोला छेउका जग्गासमेत निकै महँगो भईसकेका छन् । मूल बाटोले छोएका जग्गा त झन् छोईनसक्नु महँगो भएको छ ।

किन बढ्यो जग्गाको भाउ ?
भकुन्डेबेसीमा जग्गाको भाउ बढ्नुमा धेरै कारणहरु भएको जानकारहरु बताउँछन् । गाउँमा खानेपानी लगायतका सुबिधा नभएका कारण वा घरको कोहि न कोहि विदेश गएका कारण गाउँ वा डांडामा बस्न नखोज्नेहरुले भाकुन्डेबेसीमा जग्गा जोड्न थालेपछि एक्कासी भाउ बढेको हो । अर्कोतर्फ बेसीमा बढी सुबिधा हुनु, भकुन्डेबेसी राजमार्गमा जोडिनु,व्यापार व्यावाय फष्टाउनु वा गाउँका मानिसहरु विदेश गएर कमाएको पैसाले डांडामा छोडेर बेसीमै घर बनाउने सोच हुनुजस्ता कारणले भकुन्डेबेसीको जग्गाको भाउ अचाक्ली बढेको हो ।


३ लाख रोपनीमा किनेको जग्गा ३ लाख आनामा बिक्रि :
भकुन्डेबेसीमा यस्तो पनि भएको छ कि, केहि बर्ष अगाडी मात्रै ३ लाख रोपनीमा किनेको जग्गा अहिले ३ लाख आनामा बिक्रि हुन थालेको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भकुन्डेबेसीका स्थानीय भन्छन्, ‘केहि बर्षयता भकुन्डेबेसीमा जग्गाको भाउ निकै बढेको छ । जति भाउ बढेपनि किन्ने मान्छे उत्तिकै सक्रिय छन् भकुन्डेबेसीमा । कतिपयले बाटोले नछोएको जग्गामा जग्गा किनेरै बाटो बनाएका छन् भने कतिले भएको जग्गालाई ‘प्लटिङ’ गरेका छन् । यसरी भकुन्डेबेसीमा जग्गाको कारोबार गर्नेहरु केहि बर्षभित्रै मालामाल भएका छन् ।
ऋणको सुविधाले झनै बढ्यो कारोबार :
भकुन्डेबेसीमा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले जग्गामा लगानी गर्न थालेपछि भकुन्डेबेसीमा जग्ग्गाको कारोबार झनै बढेको छ । कतिपयले ऋणनै लिएर जग्गाको कारोबार गरिरहेका छन् भने कतिपयले किनेको जग्गा धितोमा राखेर अन्य जग्गाको कारोबार गरिरहेका छन् ।

भाउ अझै बढ्छ : विश्लेषक
अर्थ सरोकारसँग कुराकानी गर्दै केहि विश्लेषकहरुले भकुन्डेबेसीमा जग्गाको भाउ अझै बढ्ने बताएका छन् । भूकम्पका कारण डांडामा बस्ने अधिकांस गाउँलेहरु बेसी झर्ने तयारीमा रहेकाले जग्गाको भाउ अझै बढ्न सक्ने उनीहरुको भनाइ छ । सरकारले केहि समय अगाडी भकुन्डेबेसी लगायतका वरपरका ठाउँहरुलाई नगरपालिका घोषणा गरेपछि जग्गाको कारोबार अझै बढेको हो ।

अर्थ सरोकार @ काभ्रे…यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्