काठमाडौँ – नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग अनुमति नै नलिइ वित्तीय कारोबार गरेकोल, नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०६३ को नियम विपरित काम गरिरहेको, ग्राहकसँग नियमविपरित पैसा असुल्ने गरेको, नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा पनि कम दरमा कारोबार गरेको र करोडौं राजश्व समेत छलेको, जनताको करोडौं रकम जम्मा गरेको, उक्त रकम कहाँ छ भनेर जनतालाई जानकारी नदिएको, लगायतका थुप्रै बदमासी काम भएको भन्दै अख्तियारमा उजुरी परेको छ । आज इसेवा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर ४५३१ मा उक्त उजुरी दर्ता भएको हो। अब यस उजुरी उपर अख्तियारले अनुसन्धान थाल्नेछ ।

‘हामीले इसेवाले गरिरहेको गैरकानुनी धन्दाबारे अख्तियारमा उजुरी दिएका छौँ । अव आन्तरिक राजश्व विभाग, सम्पत्ती सुद्धिकरण आयोग, लगायतका ठाउँमा उजुरी दिनेछौं । ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उजुरीकर्ताले भने ।
‘इसेवाले सित्तैमा एप बनाइदिएर थुप्रै बैंकहरुको वाह वाहि पाएको छ । संस्थाका अध्यक्ष आफैं पनि राजनितिक संरक्षणमा छन् भन्ने हाम्रो बुझाइ छ । यस्ता कर्पोरेट अपराधि विरुद्ध बोल्ने सम्भावना रहेका केहि मिडियाहरुको उसले मुख राम्रै थुनिदिएको छ । कसैलाई प्राविधिक सहयोग गरेको छ कसैको मोबाइल एप बनाइदिएको छ । तर विधिको शासन हुँदा हुँदै देशको कानुन मिचेर मनपरी गर्ने इसेवाका विरुद्ध हामी अन्तिमसम्म लड्छौं । ‘ उनले भने।
साथै उनले इसेवाको विकल्प नभएको भन्ने कुरा गलत भएको दावी गरे । ‘इसेवाले एकाधिकार जमाउन खोजेको थियो । तर उसले गलत काम गरेको भन्ने पुष्टि अनुसन्धानबाट थाहा हुनेछ । यो ‘फ्री मार्केट’ मा अरु त्यस्तै प्रोडक्ट पनि आउँछन् । कसैले इसेवाप्रति साहानुभुती राख्नु पर्दैन । ‘ उनले भने ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्