Skip to content
LAXMI SUNRISE BANK

जनताको अधिकारमाथि यसरी धावा बोल्दै इसेवा ! प्रयोगकर्ता भन्छन्, ‘सरकारले विकल्प देओस् !’ (फलोअप नम्बर ३)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि दिन अगाडी अर्थ सरोकार डटकमले इसेवाले गैर कानुनीधन्दा चलाईरहेको र जनताको पैसा जोखिममा रहेको समाचार सार्वजनिक गरेको थियो । यससँग आफ्नो पैसा कहाँ छ भन्ने थाहा पाउने जनताको आधारभूत अधिकारमा पनि इसेवाले धावा बोलिरहँदा पनि सबन्धित निकाय चुप लागेको छ । सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ जनताको करोडौं रुपैयाँ होल्ड गरेर जनताको रकम जोखिममा पारिरहेको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार पढेपछि इसेवाका कतिपय प्रयोगकर्ताले इसेवामा आफुले अब धेरै पैसा नराख्ने बताएका छन् भने कहिले सबै पैसा प्रयोग गरेर इसेवा नै प्रयोग गर्न छाडेको बताएका छन्। 
जनताको अधिकारमाथिको धावा कहिलेसम्म ?
आफुले राखेकोको पैसा कहाँ छ भन्ने जनतालाई थाहा छैन । कतिपय प्रयोगकर्तालाई  इसेवा आफैंमा बैंकजस्तै भएको भ्रम छ । इसेवाका सीइओले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भनेका थिए, ”पैसा हामीसँग छैन नबील बैंकमा छ। ‘ तर जनताको पैसा नबील बैंकमा छ भन्ने जनतालाई नै थाहा नै छैन । इसेवाले आफ्नो फर्ममा एक केन्द्रीय बैंकमा पैसा राखिएको छ भनेर जनता झुक्याउने काम गरेको छ । ‘हाम्रो पैसा नबीलमा छ भन्ने किन जनतालाई भानिएन वा भनिएको छैन ?’ एउटा ठुलो प्रश्न उब्जेको छ ।
       
अर्थ सरोकार समाचार प्रभाव : प्रयोगकर्ताले पैसा झिक्न थाले 
काठमाडौँ कोटेश्वर बस्ने एक प्रयोगकर्ता भन्छन्, ‘मैले त इसेवासँग हाम्रो पैसा छ भन्ने बुझेको थिएँ । तर यहाँ त कुरा अर्कै रहेछ । अर्थ सरोकारसंग कुराकानी गर्दै इसेवाका सीइओले नै पैसा इसेवामा नभई कुनै बैंकमा छ र इसेवा भाग्यो भने बैंकमै गएर बुझ्न पाइन्छ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको पढेपछि मैले त इसेवामा रहेको अधिकांस रकम प्रयोग गरेर अहिले केहि रकममात्र राखेको छु । ‘बिकल्प छैन इसेवाको अहिले । त्यसैले प्रयोग गर्नुपर्छ । तर इसेवाको रकम इसेवामै छ भन्ने चाहिं मलाइ मात्र होइन धेरैलाई भ्रम छ । ‘अनलाइनमा आएको पूरै समाचार पढेपछि त झसंग भएँ । बैंक तथा वित्तीय संस्था ऐन पढेपछि पो थाहा भयो, यो त गैर कानुनी नै पो रहेछ । ‘ उनले सुनाए ।  
‘इसेवाको विकल्प छैन, त्यसैले थोरै पैसा होल्ड गर्न थालें’ : सफ्टवेर कम्पनीका संचालक  
यता काठमाडौँ तीनकुनेमा एक सफ्टवेर कम्पनीका संचालक भन्छन्, ‘इसेवा सजिलो छ । तर हाकाहाकी सीइओले नै पैसा हामीसँग छैन भनेपछि त पैसा ‘रिस्क’मा  नै हुने भयो।’ उनी अगाडी भन्छन्, ‘विदेसी काम गरेर ‘स्क्रिल’ मार्फत आएको रकमलाइ इ सेवामा राख्थ्यें । अव त त्यस्तो नगर्नुपर्ने भयो । पैसा रिस्कमा छ जस्तो लागेको छ । अब नबील बैंकमा पैसा छ भन्ने हामीलाई थाहा छैन । त्यसैले ‘दालमा केहि कालो छ’ भन्ने बुझ्न गाह्रो छैन । बेलैमा बुद्धि पुर्यायो भने गाह्रो छैन ।     

कस्टमर केयरका संचालकलाइ नै थाहा छैन के हो इसेवा ?
आफ्नो नाम खुलाउन नचाहने इसेवाकै कस्टमर केयर सेन्टर चलाईरहेका केहि संचालकहरुलाईनै इ सेवाको पैसा कहाँ छ भन्ने थाहा छैन । तीनकुनेमा रहेको एक कस्टमर केयर सेन्टरका संचालक भन्छन्, ‘इसेवा त बैंक जस्तै हो जस्तो लाग्छ ।’ उनी भन्छन्, ‘इसेवाबाट राम्रो फाइदा हुन्छ । त्यसैले यो सेवा राखीएको हो । रिचार्ज गर्न सजिलो छ र कमिसन पनि राम्रो आउँछ । तर इसेवाको बारेमा समाचार पढेपछिचाहिं डर लागेको छ ।’  

विकल्प खोज्दै नागरिक
आफ्नो पैसा इसेवामा ‘रिस्क’ मा रहेको थाहा पाएपछि नागरिकहरुले इसेवाको बिकल्प खोज्न थालेका छन् । तर इसेवाको सञ्जाल ठुलो भएका कारण पनि यत्तिको विकल्प अरु नभएको नागरिकहरुको भनाइ छ । बिगत लामो समयदेखि इसेवा चलाईरहेका बालाजु निवासी एक प्रयोगकर्ता भन्छन्, ‘पैसा रिस्कमा छ भन्ने थाहा छ । तर विकल्प पनि त छैन । कि सरकारले यसको विकल्प दिनुपर्यो, कि पैसाको ग्यारेन्टी गरिदिनुपर्यो ।’     

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK