Skip to content
LAXMI SUNRISE BANK

नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा अध्यक्षका उम्मेदवार श्रेष्ठले उठाए यस्ता मुद्धा

अर्थ सरोकार


काठमाडौँ – नेपाल ईन्जिनियर्स एसोसिएसनको ३१ औँ कार्यकारिणी परिषद् तथा नेपाल ईन्जिनियरिङ परिषद्को भदौ ३१ गते हुने निर्वाचनमा नेपाल राष्ट्रिय ईन्जिनियर समूहको तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिएका डा. जगतकुमार श्रेष्ठले आफूलाई जिताउन अपिल गरेका छन् ।
प्यानलसहित मैदानमा उत्रिएका ईन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीनसमेत रहेका श्रेष्ठले ईन्जिनियरहरुको पेशागत हकहित, अधिकार र मर्यादाको संरक्षण तथा सम्बद्र्धनका लागि नेपाल ईन्जिनियर्स एसोसिएसनलाई सहभागी मुलक बनाउने गरी पुर्नसंरचना गर्ने मुख्य एजेण्डा उठाएर चुनावी मैदानमा होमिएका हुन् ।
श्रेष्ठले नेपालमा विनाशकारी भूकम्प गएको लामो समय बितिसक्दासमेत पुननिर्माणमा इन्जिनियरहरुलाई परिचालन गर्न नसकेको अवस्थामा आगामी दिनमा आफूहरुले दबाब दिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । हाल पुननिर्माणमा खटिएका इन्जिनियरहरुलाई सरकारले काम र तलवको उचित व्यवस्था गर्नुपर्ने मुद्धा उठाएका छन् ।
साथै उनले प्राज्ञिक क्षेत्रमा कार्य गर्न ईच्छुक र कार्यरत ईन्जिनियरहरुलाई रिसर्ज र डेभलपमेन्टमा काम गर्ने वातावरण बनाउने सँगसँगै शिक्षा महाशाखासँग समन्वयम गरी तालिमतथा रिफ्रेसर कोर्स समेत अगाडी बढाउने योजना रहेको बताएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK